११ फागुन, काठमाडौं । ताप्लेजुंग जिल्ला प्रशासन कार्यालयले पाथिभरा क्षेत्रमा विवाद भएपछि निशेधाज्ञा जारी गरेको छ ।
आज विहानदेखी लागू हुनेगरी प्रमुख जिल्ल अधिकारी नेत्र प्रसाद शर्माले विभिन्न पैदर्शनका कारण शान्ती सुरक्षा भंग भई प्रतिकुल अवस्था श्रृजना हुन सक्ने अवस्था आएका कारण त्यसलाई रोक्न पनि निशेधाज्ञा जारी गर्नुपरेको बताउका छन् ।
उनले जारी गरेको विज्ञप्तीका अनुसार पाँच जना भन्दा बढी भेला हुन नपाईने, नारा जुलुस गर्न नपाईने भनिएको छ ।
फुग्लिगं बजार क्षेत्र र काफ्लेपाटी बल्लुडाँडा क्षेत्रमानिशेधाज्ञा जारी गरिएको छ । हिजो वीरेन्द्र चौकमा प्रहरीसँग झडप भएपछि प्रहरीसँगको सल्लाहमा जिल्ला प्रशासन कार्यालय ताप्लेजुंगले निशेधाज्ञा जारी गर्न बाध्य भएको हो । केही दिनदेखी ताप्लेजुंग क्षेत्र बिबिन्न बिबादका कारण अस्तब्यस्त देखिएको छ ।
