आर्थिक

घट्यो डिजेल र मट्टीतेलको मूल्य, पेट्रोलको यथावत

१६ फागुन, काठमाडौँ ।  नेपाल आयल निगमले हालैको पेट्रोलियम खरिद मूल्यका
आधारमा डिजेल र मट्टीतेलको मूल्य घटाएको छ। निगमका अनुसार डिजेल र मट्टीतेल प्रतिलिटर रु .१ ले सस्तो हुने भएको छ।

नयाँ मूल्य अनुसार डिजेल र मट्टीतेलको प्रतिलिटर खुद्रा बिक्री मूल्य काठमाडौं उपत्यकामा रु. १५५ हुनेछ। भने, पेट्रोल र खाना पकाउने एलपी ग्यासको मूल्य यथावत् रहेको छ।