राजनीति

जनताको असन्तुष्टिको आगो निभाउन कांग्रेसले ठोस कदम चाल्नैपर्छ : महामन्त्री थापा

२६ फागुन, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नागरिक असन्तुष्टिलाई दुरुपयोग गर्ने प्रयास भइरहेको बताएका छन्।

सुदूरपश्चिम कांग्रेसको पहिलो सम्मेलनलाई सम्बोधन गर्दै उनले आक्रोशको आगो निभाउनु कांग्रेसको जिम्मेवारी रहेको उल्लेख गरे।

राजावादी प्रदर्शनतर्फ संकेत गर्दै उनले व्यवस्था बदल्न कांग्रेसलाई साथ दिएका नागरिकहरू असन्तुष्टि भए पनि निराशा भने नभएको उनले बताए। थापाले जनताका प्रश्नहरू गम्भीर भएको भन्दै लोकतान्त्रिक गणतन्त्रको विकल्प खोज्नु गलत हुने स्पष्ट पारे । देशमा व्यवस्था बदलिए पनि नागरिकको अवस्था नबदलिएको गुनासो आइरहेकाले पार्टीले नागरिकको असन्तुष्टिको आगो निभाउनेतिर लाग्नुपर्ने बताए ।

उनले शासनको भार संविधानलाई बोकाएर नहुने भन्दै संविधान निर्माणको नेतृत्व गरेको कांग्रेसले संविधानबमोजिम जनताको अवस्था बदल्ने विश्वास दिन जरूरी रहेको उनको भनाइ थियो । “नागरिकले हामीले भनेको हरेक परिवर्तनका आन्दोलनमा साथ दियो । हामीले व्यवस्था बदल्न साथ देऊ, अवस्था बदल्न लाग्छौँ भनेर वाचा ग¥यो । आज त्यो पूरा भएन भनेर असन्तुष्टि छ । जनताले अवस्था बदल्ने गरी सेवा प्रवाह खोजेकोले व्यक्तिगत आकाङ्क्षातिर नलागेर काम गर्नुपर्छ । वाचा पूरा गर्न ठोस काम गर्न जरुरी छ”, उनले भने ।

महामन्त्री थापाले समयमै पार्टीको महाअधिवेशन गर्ने कुरा पार्टीका क्रियाशील सदस्यमा भर पर्ने बताउँदै समयमै सदस्यता नवीकरण गराएमा अधिवेशन समयमै हुने बताए।