खेलकुद

अब देशमा खेलकुद विश्वविद्यालय, खेलकुद उद्योग र खेलकुद पर्यटनलाई ध्यान दिनुपर्छः उपसभापति गुरुङ

७ चैत, काठमाडौं । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले खेलकुदलाई राज्यले उपेक्षा गरेको बताउँदै यसलाई प्राथमिकतामा राखेर योजना बनाउनुपर्नेमा जोड दिएका छन् ।

उनले भने, “खेलकुद पूर्वाधार निर्माण गर्नेभन्दा पनि कुनै एउटा प्रतियोगिता जित्नेबित्तिकै पुरस्कार घोषणा गर्नेमा सरकारलाई हतार हुन्छ ।’

उपसभापति गुरुङले भने, खेलकुद विश्वविद्यालयको अवधारणाका विषयमा नेताहरु साक्षात्कार हुन सकेका छैनन्, खेलकुद विश्वविद्यालय, खेलकुद उद्योग र खेलकुद पर्यटनलाई ध्यान दिनुपर्छ, नेपालमा प्रशस्त सम्भावना छ ।’
नेपाली काँग्रेस केन्द्रीय कार्यालयमा भएको कार्यक्रममा बोल्दै उपसभापति गुरुङले उक्त कुरा बताएका हुन् ।