८ चैत, चितवन । आचार्य बन्धु समाज नेपाल चितवनको सभापतिमा पुनः शङ्कर प्रसाद आचार्य निर्वाचित भएका छन् । पूर्व निर्णय अनुसार आज भएको अधिवेशनबाट श्री आचार्य सभापतिमा निर्वाचित भएका हुन् ।
यसै गरी उपाध्यक्षमा रमेश आचार्य, सचिवमा गोविन्द आचार्य तथा कोषाध्यक्षमा रामचन्द्र आचार्य निर्वाचित भएका छन् ।
यसै गरी सदस्यहरूमा रेसमलाल आचार्य, मायानाथ आचार्य, गङ्गा प्रसाद आचार्य, प्रतिमा पाण्डे आचार्य, गोविन्द प्रसाद आचार्य (कालीका), डिल्लीराम आचार्य, सिता आचार्य(भरतपुर), भोजराज आचार्य, पार्वती आचार्य, पवित्रा आचार्य १५ सदस्यीय समिति चयन गरेको छ । अधिवेशनले कमल प्रसाद आचार्य (कालीका)केन्द्रीय प्रतिनिधि चयन गरेको छ ।
पूर्व न्यायाधीश ईश्वर राज आचार्यको संयोजकत्वमा सदस्य द्वय माधव प्रसाद आचार्य र चिरञ्जीवी आचार्य सदस्य रहेको तीन सदस्यीय समितिले निर्वाचन गरी उक्त समिति चयन गरेको थियो ।
कौडिन्य सगोत्रीय आचार्य वंशावली विमोचन र आचार्य बन्धु समाज नेपालको चितवन अधिवेशन उद्घाटनका लागि प्रमुख अतिथिको रूपमा कौडिन्य सगोत्रीय महासमाजका केन्द्रीय अध्यक्षसमेत रहनुभएका आचार्य बन्धु समाज नेपालका केन्द्रीय अध्यक्ष बाबुराम आचार्य भरतपुर गएका थिए । उनले आचार्य आजको समयमा एकता र आबश्यकताको अत्यन्तै खाँचो भएको र उक्त कार्य धेरै नै अगाडी बढिसकेको बताए । आफू मानवताका लागि काम गर्ने भएपनि आफूलाई आचार्य परिवार महत्वपूर्ण हुने र परिवारलाई सबैले सम्झनुपर्ने भन्दै आफूलाई काठमाडौं आएका बेला चितवनबासी आचार्यले सम्पर्क गरेर सुझाव, सललाह दिए झर्को नलाग्ने भन्दै नम्बरसमेत सार्बजनिक गरेका थिए ।
समाजका चितवन जिल्ला अध्यक्ष शङ्कर प्रसाद आचार्यले चितवन र वरपरका कौडिन्य सगोत्रीय आचार्यहरूलाई समेटेर वंशावली प्रकाशन गरिएको भन्दै आफूहरूले हर सम्भव समेट्ने प्रयास गरेको दाबी गरेका थिए ।
चितवन जिल्ला समन्वय समितिको हलमा गरिएको वंशावली विमोचन तथा जिल्ला अधिवेशन कार्यक्रम उद्घाटनपछि बोल्दै देशको राजनीतिक र व्यापारिक वह चितवन भरतपुर आएर महत्त्वपूर्ण कार्यक्रमको प्रमुख अतिथि हुँदा खुसी लाग्नुका साथसाथै आफूलाई आचार्य बन्धु समाज नेपाल चितवनको देशको ७७ जिल्लामध्येको उदाहरणीय कार्यक्रम गरेर देखाएको बताए ।
कार्यक्रममा साहित्यकार उदय अधिकारी, शिक्षाविद् रमाकान्त सापकोटा, न्यौपाने समाजका अध्यक्ष रामहरि न्यौपाने, सापकोटा कल्याण समाजका सचिव विष्णु सापकोटा, आचार्य समाजका धादिङ अध्यक्ष केशव आचार्य, पूर्ण न्यायाधीश ईश्वर आचार्य, कल्पना सापकोटा (काफ्ले)लगायत विशिष्ट व्यक्तिहरूले आचार्य समाजको गतिविधि र आगामी भूमिकाका विषयमा आ–आफ्ना विचारहरू राखेका थिए ।
वंशावली विमोचनपछि उक्त वंशावली उपस्थित सबैलाई निःशुल्क वितरण गरिएको थियो ।
कार्यक्रममा सचिव गोविन्द प्रसाद आचार्य तथा कोषाध्यक्ष रामचन्द्र आचार्यले सचिव र कोषाध्यक्षका प्रतिवेदनहरू पढेर सुनाएका थिए ।






सयौंको उपस्थितिमा आचार्य समाज चितवनको अधिवेशन सनिबार, उद्घाटनका लागि बाबुराम पुगे भरतपुर