८ चैत, चितवन । आचार्य बन्धु समाज नेपाल चितवनले चैत ९ गते शनिबार जिल्ला अधिवेशन गर्ने तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ ।
समाजका चितवन जिल्ला अध्यक्ष शंकर प्रसाद आचार्यले चितवन र वरपरका कौण्डिन्य गोत्रीय आचार्यहरुलाई समेटेर बंशावली प्रकाशन गरिएको र उक्त बंशावली बिमोचन कार्यक्रमसमेत रहेको चितवन सभापति आचार्यले बताए ।
आचार्य बन्धु समाज-नेपाल भरतपुर महानगर सचिव लक्ष्मण आचार्यले जिल्ला अधिवेसन तथा बंशावली बिमोचनको प्रमुख आतिथ्यता कौण्डिन्य गोत्रीय महासमाजका केन्द्रीय अध्यक्षसेत रहेका आचार्य बन्धु समाज नेपालका केन्द्रीय अध्यक्ष बाबुराम आचार्यले गर्ने जानकारी दिए ।
समाजका चितवनका बरिष्ठ ब्यक्तित्व जिल्ला सदस्य मनोहरी आचार्यले प्रमुख अथिति केन्द्रीय अध्यक्ष बाबुराम आचार्यलगायतका समाजका बिशिष्ट ब्यक्तित्वहरुको आजै नारायणघाटमा आईसक्नुभएको बताउंदै बिहान ११ बजेदेखी कार्यक्रम सुरु हुने हुंदा समयमै उपस्थिति हुन सबै कौण्डिन्य गोत्रिय आचार्यहरुलाई अनुरोध गरे ।
महानगर उपाध्यक्ष डिल्लिराम आचार्यले चितवन जिल्ला समन्वय समितिको हलमा अधिवेशन कार्यक्रम तथा बंशावली बिमोचन कार्यक्रम तय गरिएको र चितवनका आचार्यहरु भएको स्थानमा तथा नवलपरासी, हेटौंडालगायतमा गरी उपस्थिति हुने आसयसहित सयौंलाई खबर गरिएको भन्दै जानकारी नभएका बन्धुहरुले कतैपनि सूचना पाए कार्यक्रममा उपस्थितिका लागि अनुरोध गरेका छन् ।
कार्यक्रममा बागमतिका १३ जिल्लाका सभापतिलगायत बिशिष्ट बन्धुहरुलाई निमन्त्रणा गरिएको चितवन सभापति आचार्यको दाबी छ । आचार्य समाजले पछिल्ला दिनहरुमा समाजका बिभिन्न गतिबिधिहरु बढाईरहेको छ ।
केहीदिन अगाडीमात्र समाजले धादिगंमा व्यापक उपस्थितिसहित अधिवेशन सम्पन्न गरेको थियो ।


