समाचार

एमाले निकट प्रेस चौतारी नेपालको चुनावमा भाग लिन अध्यक्ष देखि सदस्यसम्मले पैसा बुझाउनु पर्ने

११ चैत, काठमाडौँ । विराटनगरमा सुरु भएको एमाले सम्बद्ध प्रेस चौतारी नेपालले १०औँ राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दिनको लागी पैसा बुझाउनु पर्ने नियम बनाएको छ।

 चैत ९ गतेबाट सुरु भएको महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिनको लागी ३५ हजार रुपैयाँ बुझाउनु पर्ने निर्वाचन आयोगले जनाएको छ। 

विराटनगरको एक होटेलमा हुने भनिएको निर्वाचनमा पदाधिकारीको उम्मेदवार बन्न २५ हजार बुझाउनु पर्ने भनिएको छ।

त्यस्तै आयोग अध्यक्षको लागी १५ हजार र केन्द्रीय सदस्य,आयोगका पदाधिकारी तथा आयोग सदस्यहरूको लागी १० हजार रुपैयाँ तोकिएको छ।