समाचार

कुलमानलाई हटाएको विरोधमा अखिल क्रान्तिकारीको राँके जुलुस, जलाइयो प्रधानमन्त्री ओलीको पुत्ला !

१२ चैत, काठमाडौँ । माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले मंगलबार साँझ बागबजारमा राँके जुलुस निकाल्दै विद्युत प्राधिकरणका निलम्बित कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विरोधमा रांके जुलुससहितको प्रदर्शन गरेका छन्।

जुलुसको क्रममा विद्यार्थीहरूले  प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला समेत जलाएर बिरोध गरेका छन् ।

कुलमान घिसिगंलाई पछिल्लो मन्त्रीपरिषद बैठकले हटाएपछि माओबादी केन्द्र र उसका भातृसंस्थाले बिरोध गर्दै आएका छन् । नेपाली कांग्रेसका वरिष्ठ नेता डा शेखर कोईराला, महामन्त्रीद्वय गगन कुमार थापा, बिश्वप्रकाश शर्मालगायतले बिरोध जनाउंदै आएका छन् ।

आज देशभर बिभिन्न ब्यक्ति तथा संस्थाले कुलमान हटाएको बिरोध गरेका छन् ।