समाचार

शपथ ग्रहण गर्दै शाक्यले भने- ढुक्क हुनुस् अब नेपालमा लोडसेडिङ हुदैँन

१२ चैत, काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका नयाँ कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले मंगलबार पदभार ग्रहण गरेका छन्।

सोमबारको मन्त्रिपरिषद् बैठकबाट शाक्यलाई नियुक्त गरिएको हो, जसले घिसिङको स्थानमा जिम्मेवारी सम्हालेका छन्।

शाक्यले प्राधिकरण कार्यालयमा औपचारिक रुपमा नियुक्ति पत्र प्राप्त गरेपछि पदभार ग्रहण गरेका हुन्। शपथ ग्रहण गर्दै उनले भनेका छन् “ढुक्क हुनुस् अब नेपालमा लोडसेडिङ हुदैँन”