२१ चैत, काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ र नवनियुक्त हितेन्द्रदेव शाक्यको रिटमाथि आज पनि सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।
न्यायाधीश कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा जारी सुनुवाइ आज तेस्रो दिन पुगेको छ।
घिसिङले आफूलाई सरकारले गलत नियतले हटाएको भन्दै अन्तरिम आदेश मागेका छन् भने शाक्यले चार वर्षअघि आफ्नो हटाइ गलत भएको दाबी गरेका छन्। अब अदालतले के निर्णय गर्छ भन्ने प्रतीक्षा गरिएको छ ।





