समाचार

जाजरकोट केन्द्र बिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प

२२ चैत, काठमाडौँ । शुक्रबार राति जाजरकोट केन्द्र बिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार उक्त भूकम्प राति ८ बजेर सात मिनेटमा महसुस गरिएको हो।

भूकम्पको केन्द्र जाजरकोट क्षेत्रमा रहेपनि क्षतिको बारेमा थप जानकारी भने हालसम्म प्राप्त भएको छैन। केन्द्रले भनेको छ कि क्षतिको अवस्था मूल्यांकन गर्न केही समय लाग्नेछ।