तस्विरहरु

काठमाडौंका एकैदिनका चार प्रदर्शन- अस्तव्यस्त सडक (तस्विरहरु)

२६ चैत, काठमाडौं । राजधानीको नयाँ बानेश्वर, बल्खु, बालुवाटार र जावलाखेल क्षेत्रमा एकैसाथ प्रदर्शन भइरहेका छन् ।

शिक्षकहरू, राप्रपा, तथा सहकारी–लघुवित्त पीडितहरूले आ–आफ्ना मागसहित सडकमा उत्रिँदा ट्राफिक सेवा अवरुद्ध भएको छ ।

प्रदर्शनलाई मध्यनजर गर्दै प्रहरीले सुरक्षा सतर्कता बढाएको छ । सर्वसाधारणलाई वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरिएको छ ।