राजनीति

‘मिसन ८४ मा लाग्न’नेता कार्यकर्तालाई प्रधानमन्त्री ओलीको निर्देशन 

११ वैशाख, काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले मिसन ८४ मा लाग्न आफ्ना नेता कार्यकर्तालाई निर्देशन दिएका छन्। उनले अब सरकार बनाउन र बचाउनतर्फ नलागेर चुनावमा लाग्न आग्रह गरेका हुन्। 

आज काठमाडौँको भृकुटीमण्डपमा लोकतन्त्र दिवसको अवसरमा आयोजित यूथ सेलिब्रेसन कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिलेको आफू नेतृत्वको सरकार स्थायित्व स्थापनाको लागी बनेको भन्दै सरकारको चिन्ता नलिई चुनावमा ध्यान दिन कार्यकर्तालाई अपिल गरेका हुन्। 

 प्रधानमन्त्री ओलीले देश अगाडि बढाउनुपर्ने दायित्व हामी सबैमा रहेको बताए। उनले विगतमा देशको शासन सञ्चालन गर्ने राजसंस्थाको बारेमा पनि टिप्पणी गरे। उनले भने जन्मजात श्रेष्ठताका आधारमा शासन गर्न खोज्ने राजतन्त्रलाई अब जनताले देखिने र सुनिनेगरी अस्वीकार गर्नुपर्ने धारणा राखेका हुन्।