राजनीति

शिक्षक आन्दोलन: भारतको समर्थनले पायो अन्तर्राष्ट्रिय ध्यानार्कषण

१० बैशाख, काठमाडौँ । नेपालमा जारी शिक्षक आन्दोलनप्रति छिमेकी राष्ट्र भारतबाट ऐक्यबद्धता प्रकट गरिएको छ। भारतको अखिल भारतीय विश्वविद्यालय तथा महाविद्यालय शिक्षक महासंघ AIFUCTO ले नेपालका शिक्षकहरूको आन्दोलनप्रति समर्थन जनाउँदै नेपाल सरकारलाई समस्याको शीघ्र समाधान गर्न आग्रह गरेको छ।

एक औपचारिक पत्रमार्फत महासंघले नेपालका शिक्षकमाथि भएका बेवास्ता र असमान व्यवहारप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ।

महासंघले शिक्षकहरूको आन्दोलनप्रति पूर्ण ऐक्यबद्धता जनाउँदै नेपालको शिक्षा क्षेत्रको सुधारका लागि आवश्यक संवाद र लोकतान्त्रिक प्रक्रियाबाट समाधान खोज्न नेपाल सरकारसँग आग्रह गरेको छ।

अखिल भारतीय विश्वविद्यालय तथा महाविद्यालय शिक्षक महासंघ बाट आएको पत्र :