राजनीति

काँग्रेस-एमाले गठबन्धन टिकिरहन्छ,सरकार परिवर्तनको कुरा थाहा छैन: सभापति देउवा 

१२  वैशाख, काठमाडौँ। नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा स्वदेश फर्किएका छन्।  उनी परराष्ट्र मन्त्री आरजु देउवा राणासहित सपरिवार थाइल्यान्ड भ्रमणमा गएका थिए। 

सभापति देउवाले विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै सरकार सञ्चालनमा कुनै समस्या नभएको बताएका छन्।

 उनले एमाले काँग्रेसको गठबन्धन टिकिरहने भन्दै सरकार परिवर्तनको कुरा आफूलाई थाहा नभएको जवाफ दिए। सभापति देउवा विदेश भ्रमणमा रहेकाबेला सत्ता समीकरण बदलिन सक्ने चर्चा चलेको थियो।