राजनीति

ओलीलाई विश्वप्रकाशले भनेः भारत–पाकिस्तानमा भएका हरेक नेपालीको अविलम्ब जीवन रक्षा गरियोस्

२६ वैशाख, काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भारत र पाकिस्तानमा भएका नेपालीहरुको बारेमा चिन्ता व्यक्त गरेका छन् ।

उनले भनेका छन्, ‘भारत र पाकिस्तानमा हजारौं नेपाली विद्यार्थी अध्ययनमा, लाखौं नेपाली श्रम र व्यवसायमा छन् । युद्धले जोखिममा पर्दैछ तिनको जीवन ।’
शर्माले प्रधामन्त्री केपी शर्मा ओलीलाई आग्रह गर्दै भनेका छन्, ‘त्यहाँ रहेका नेपालीको जीवन रक्षामा अविलम्ब गम्भीर पहल गरियोस् ।’

भारत र पाकिस्तानमा हजारौं नेपाली विद्यार्थी अध्ययनमा, लाखौं नेपाली श्रम र व्यवसायमा छन् । युद्धले जोखिममा पर्दैछ तिनको जीवन !

कश्मिरको आतंकवादी हमलामा हाम्रा युवा सुदिप न्यौपाने मारिएको स्मरणगर्दै @PM_nepal_ त्यहाँ रहेका नेपालीको जीवन रक्षामा अविलम्ब गम्भीर पहल गरियोस्