शिक्षा

विद्यालय शिक्षा विधेयकको प्रतिवेदन समितिमा, कहिलेबाट हुन्छ त छलफल ?

४ जेठ, काठमाडौँ । विद्यालय शिक्षा विधेयकलाई उपसमितिले दफावार छलफल सकेर शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा आफ्नो प्रतिवेदन पेस  गरेको छ। उपसमितिले आज प्रतिवेदन पेस गरेको हो ।

उपसमितिले  ४५ दिन लगाएर विद्यालय शिक्षा विधेयकको प्रतिवेदन तयार गरेको हो। उपसमितिलाई गत २२ वैशाखमा समितिले थप १० दिनको समय उपलब्ध गराएको थियो। 

शिक्षा महासङ्घको नेतृत्वमा २९ दिन लामो आन्दोलन पछि असार १५ भित्र ऐन ल्याउने गरी सरकारले सहमति गरेको थियो।  उक्त सहमति अनुसार विधेयकबारे छलफल गर्न उपसमिति नै बनाएर सरकारले छलफल चलाएको थियो। अब समितिमा शिक्षा विधेयकबारे  छलफल हुनेछ। 

समितिले दफावार छलफल पछि कानुन निर्माणको लागि विधेयक संसद्मा पेस हुने छ। शिक्षक महासङ्घसँग गरिएको सम्झौता अनुसार असार १५ गते ऐन जारी हुने छ।