समाचार

सभापति देउवा भेट्न सानेपा पुगे शिक्षामन्त्री, शिक्षा विधेयकमा सहमतिको प्रयास 

१६ असार, काठमाडौँ । शिक्षा समितिको बैठक स्थगित गरेर शिक्षामन्त्री रघुजी पन्त विद्यालय शिक्षा विधेयकमा सहमति खोज्न विभिन्न दलका नेतालाई भेट्न दौडिएका छन्।  उनले आज बिहान ८ बजे बस्ने भनिएको समितिको बैठक सारेर अहिले नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा भेट्न  सानेपा पुगेका हुन्।  

सानेपामा काँग्रेसको केन्द्रीय समिति बैठक चलिरहेको छ।  उक्त बैठकमा व्यस्त रहेका देउवालाई भेटेर विद्यालय शिक्षा विधेयकमा सहमति खोज्न नेपाली उनी सानेपा पुगेका हुन् ।

समितिमा धेरै कुरामा सहमति भए पनि केही खास विषमा सहमति बन्न सकेको छैन। महासङ्घले राहत तथा आन्तरिक शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गराउने विषय लगायतका केही विषयमा असहमति जनाएको छ। 

सरकार र महासङ्घबिच भएको सहमति अनुसार हिजो असार १५ गरे शिक्षा विधेयक संसद् बैठकबाट जारी हुने पर्ने थियो तर, सहमति अनुसारको समय  बितिसकेको छ।