समाचार

पत्रकार दिलभूषणमाथि फेरी लाग्यो साइबर क्राइमको मुद्दा

१६ असार, काठमाडौँ ।  पत्रकार दिलभूषण पाठकविरुद्ध  जिल्ला अदालत काठमाडौँमा साइबर क्राइमको मुद्दा दर्ता भएको छ। 

नेपाल प्रहरीको साइबर ब्युरोको अनुसन्धानपछि जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा अदालतमा लागेको हो। 

पाठकले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री आरजु राणा देउवाका छोरा जयवीर देउवाको तारे होटल हिल्टनमा लगानी रहेको, अस्ट्रेलिया, क्यानडा, दुबईमा पनि लगानी रहेको दाबी गर्दै कार्यक्रम प्रसारण गरेका थिए। 

सोही मुद्दामा उच्च अदालतले पाठकलाई पक्राउ नगर्न अन्तरिम आदेश दिएको थियो। पाठकलाई यो कसुरमा विद्युतीय कारोबार ऐन-२०६३ अन्तर्गत सजाय माग गरिएको छ।