आर्थिक

ओझा निलम्बनमा, बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारीमा अर्थ मन्त्रालयका सहसचिव पोखरेल

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा निलम्बनमा परेपछि सरकारले अध्यक्षको जिम्मेवारी अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेललाई दिएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव पोखरेललाई अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हो ।

पूर्वन्यायाधीश कृष्ण गिरीको नेतृत्वमा सरकारले ओझाको कार्यक्षमताबारे छानबिन गर्न तीन सदस्यीय छानबिन समिति समेत गठन गरेको छ । छानबिन समिति गठन भएसँगै अध्यक्ष ओझा बीमा ऐन २०७९ को दफा १२ को उपदफा ३ अनुरुप स्वतः पदमुक्त भएका हुन्।