समाचार

कस्तो रहनेछ आज दिनभरीको मौसम ? यी ठाउँमा भारी वर्षा र हावाहुरीको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनीका धेरै स्थानमा र बाँकीका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

त्यसैगरी कोशीका थोरै स्थानमा भारीदेखि धेरै भारी र बागमती, गण्डकी र लुम्बिनीका एक-दुई स्थानमा भारी वर्षा हुने विभागको भनाइ छ ।

देशका उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षार हिमपातका साथै कोशीका तराई तथा मधेशका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ ।

राति भने देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी र मधेशलगायत देशका पहाडी भू-भागका केही स्थान तथा बाँकीका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोशी, मधेश र बागमतीका एक-दुई स्थानमा भारी वर्षा हुनेछ भने देशका उच्च(पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षार हिमपातको सम्भावना रहेको छ ।