काठमाडौं । नेपाली चलचित्र ‘चमेलीको पोइ’ को फर्स्टलुक सार्वजनिक गरिएको छ। सुरक्षा पन्त र मुकुन भुसालको मुख्य अभिनय रहेको चलचित्रको एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशन रहेको छ । दर्शकमाझ ल्याएको तीनवटा पोस्टरमा, दुई पोस्टरमा शीर्ष कलाकार सुरक्षा र मुकुन मात्र छन् भने अर्को एक पोस्टरमा शीर्ष प्रायः कलाकारहरू चित्रित छन्।
चलचित्रमा सुरक्षा र मुकुनसँगै नारायण त्रिपाठी, विल्सन विक्रम राई, प्रेमदेव गिरी, रविन्द्र झा, गणेश गौतम, अंशु महर्जन, बविन राई, खड्ग बहादुर पुन, उमेश राई, रजनी गुरूङलगायत कलाकारहरूको अभिनय छ।
चलचित्रको निर्माता सुनिता सापकोटा र राम नारायण उपाध्याय हुन्। धनलक्ष्मी सिने मेकर्सको प्रस्तुति रहेको फिल्मको कार्यकारी निर्मातामा भने उदय विक्रम राणा र रितु मल्ल ठकुरी रहेका छन्।
यो चलचित्र चैत १३ गतेदेखि प्रदर्शनमा आउने भएको छ।





