काठमाडौं । बिहीबारका नेपाल राष्ट्र बैङ्कले लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपियाँ २१ पैसा र बिक्रीदर १३७ रुपियाँ ८१ पैसा कायम भएको छ । युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८३ रुपियाँ ८६ पैसा र बिक्रीदर १८४ रुपियाँ ६७ पैसा कायम गरिएको छ ।
त्यस्तै अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपियाँ ४५ पैसा र बिक्रीदर ८९ रुपियाँ ८४ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपियाँ ९४ पैसा र बिक्रीदर १०० रुपियाँ ३९ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर नौ रुपियाँ २२ पैसा र बिक्रीदर नौ रुपियाँ २६ पैसा कायम भएको छ ।
राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ४८ पैसा र बिक्रीदर १७ रुपियाँ ५६ पैसा, कुवेती दिनार एकको खरिददर ४४८ रुपियाँ ७५ पैसा र बिक्रीदर ४५० रुपियाँ ७१ पैसा, बहराइन दिनार एकको खरिददर ३६३ रुपियाँ ९५ पैसा र बिक्रीदर ३६५ रुपियाँ ५४ पैसा, ओमनी रियाल एकको खरिददर ३५६ रुयैयाँ ३८ पैसा र बिक्रीदर ३५७ रुपियाँ ९३ पैसा रहेको छ । भारतीय रुपियाँ एक सयको खरिदर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ ।
केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ २२ पैसा र बिक्रीदर चार रुपियाँ २३ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ३६ पैसा र बिक्रीदर ३७ रुपियाँ ५२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपियाँ २३ पैसा र बिक्रीदर ३२ रुपियाँ ४६ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपियाँ ८७ पैसा र बिक्रीदर नौ रुपियाँ ९१ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपियाँ सात पैसा र बिक्रीदर १४ रुपियाँ १३ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ ३५ पैसा र बिक्रीदर २१ रुपियाँ ४४ पैसा तोकिएको छ ।





