आर्थिक

साफ यू-२० महिला च्याम्पियनसिपः आज दोस्रोपटक नेपालले श्रीलंकासँग खेल्दै

काठमाडौं । नेपालले आज फेरि श्रीलंकासँग खेल्दै छ । बंगलादेशमा जारी साफ यू(२० महिला च्याम्पियनसिपको आफ्नो चौथो खेलमा आज नेपालले फेरि श्रीलंकासँग खेल्न लागेको हो ।

डबल राउन्ड रोबिन लिगमा भइरहेको प्रतियोगितामा नेपालले श्रीलंकासँग दोस्रोपटक खेल्न लागेको हो ।

अघिल्लो पटक (मंगलबार) भएको खेलमा नेपालले श्रीलंकामाथि ७(० ले विजयी हाँसिल गरेको थियो । आजको खेल बसुन्धरा स्पोर्ट्स मैदानमा नेपाली समयअनुसार दिउँसो पौने ३ बजेदेखि सुरु हुनेछ ।

बंगलादेश ३ खेलमा ९ अंकसहित शीर्षस्थानमा छ । नेपाल ३ खेलमा ६ अंकसहित दोस्रो र ३ अंक भएको भुटान तेस्रो स्थानमा छ ।

चार टोली सहभागी च्याम्पियनसिप डबल राउण्ड रोबिन फर्म्याटमा खेलाइएको छ । अन्तिममा धेरै अंक जोडेर शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ ।