काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायु र भारतको उत्तर प्रदेश नजिकको न्यूनचापीय क्षेत्रको प्रभाव सक्रिय रहँदा अधिकांश भू(भागमा बदली मौसम र वर्षा भइरहेको छ। त्यस्तै आज कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा चट्याङसहित हल्कादेखि भारी वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही तराई भू(भागमा हावाहुरी चल्न सक्नेछ। रातिको समयमा पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने कोशी र पहाडी भू(भागका केही स्थानमा वर्षा हुने देखिएको छ।
भारी वर्षाको सम्भावना रहेकोले बाढी, पहिरो, डुबान तथा भूक्षयको जोखिम बढ्ने भन्दै महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ।



