काठमाडौं । आज संघीय संसद्का पाँच वटा समितिको बैठक बस्दैछन्। कार्यतालिकाअनुसार कानुन, महिला तथा सामाजिक मामिला, शिक्षा–स्वास्थ्य, विधायन व्यवस्थापन, र सार्वजनिक नीति समितिहरू आ–आफ्नो कार्यसूचीसहित बैठकमा बस्नेछन्।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा आज मिडिया काउन्सिल विधेयकमाथि सैद्धान्तिक छलफल हुनेछ। विधायन व्यवस्थापन समितिमा राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयकमाथि दफावार छलफल हुनेछ भने सार्वजनिक नीति समितिमा राष्ट्रिय निकुञ्जसम्बन्धी प्रतिवेदनमाथि छलफल हुनेछ।
त्यस्तै कानुन समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसँग आवाधिक समीक्षाका विषयमा छलफल हुनेछ। महिला तथा सामाजिक मामिला समितिमा मधेसी आयोगको वार्षिक प्रतिवेदनमाथि छलफल हुनेछ।



