राजनीति

पार्टीको १५औं महाधिवेशन २०८३ सालको मंसिरभित्रै हुन्छ: कांग्रेस नेता सिटौला

११ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता एवं राष्ट्रिय सभाका सदस्य कृष्णप्रसाद सिटौलाले पार्टीको १५ औं महाधिवेशन २०८३ सालको मंसिरभित्रै भइसक्ने बताएका छन्।

काठमाडौंमा आइतबार पत्रकार सुम्मेलन गर्दै उनले यस्तो जानकारी गराएका हुन् । ४ वर्षे कार्यकाल आगामी मंसिरमा सकिने बताउदै उनले त्यसपछि एक वर्ष थप्न सकिने गरी अगाडि बढ्ने बताएका छन् । हाल पार्टीमा क्रियाशिल सदस्यको समेत टुंगो लागि नसकेको उनले जानकारी गराएका हुन् ।

नेता सिटौलाले पार्टीको महाधिवेशन ५ वर्षमा मात्रै हुने गरेको समेत बताएका छन् । २०८३ को मंसिर पछि महाधिवेशन लैजान नहुने उनको भनाइ थियो ।