१५ साउन, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले लालवीर चौधरीलाई पार्टीको अध्यक्ष बनाएको छ ।
पार्टीको बुधबारदेखि जारी राष्ट्रिय भेलाले बिहीबार चौधरीलाई अध्यक्ष बनाउने निर्णय गरेको हो । यसअघि बुधबार मात्रै पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई पदबाट हटाउँदै कारबाही गरेको थियो । नाउपाभित्र अध्यक्ष पदको बारेमा केही वर्ष अघिदेखि नै विवाद हुँदै आएको थियो ।
विशेष गरी अध्यक्ष श्रेष्ठ र पार्टीका संरक्षक रेशम चौधरीबीचको विवादका कारण सिंगो पार्टीका नेता तथा कार्यकर्ता विभाजित हुँदै आएका थिए । नाताका हिसाबले हेर्ने हो भने रञ्जिता र रेशम श्रस्मान र श्रीमती हुन् ।
तर यी दुवै जनाबीचमा भएको विवादका कारण पार्टीभित्र पंतिमा निराशा उत्पन्न भएको थियो ।





