१८ साउन, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक आइतबार पनि बस्ने भएको छ ।
यहि साउन १६ गतेदेखि शुरू भएको स्थायी समिति बैठक आइतबार बिहान ११ बजेदेखि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिएका हुन् । बैठकमा अध्यक्ष पुष्पकमल दाहालले गत शुक्रबार प्रस्तुत गरेको समसामयिक राजनीतिक प्रस्तावमाथि स्थायी समिति सदस्यहरुले धारणा राख्ने क्रम जारी रहेको छ।
प्रत्येक सदस्यलाई आफ्नो धारणा राख्नका लागि १० मिनेटको समय निधारण गरिएको उनको भनाइ थियो । शनिबार १८ जना स्थायी समिति सदस्य, ५ पदाधिकारी र एक अनुशासन आयोगका पदाधिकारीले आफ्नो धारणा राखेको प्रवक्ता सापकोटाले बताएका हुन् ।





