समाचार

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बानियाँले लिए शपथ ग्रहण

२० साउन, काठमाडौं । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले पद तथा गोपनीयताको शपथ ग्रहण लिएका छन् ।

प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले मंगलबार एक समारोहबकाबीच बानियाँलाई बागमतीको छैटौं मुख्यमन्त्रीको रुपमा शपथ ग्रहण गराएका हुन् । प्रदेश प्रमुख देवकोटाले मंगलबार दिउँसो बानियाँलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

बागमती प्रदेश सभामा १ सय १० सदस्यीय नेपाली कांग्रेस र नेकपा एमाले गरी ६४ जना सांसदहरुको समर्थनमा बानियाँलाई समर्थन गरेका छन् । बानियाँ भन्दा अघि ५ जना डोरमणि पौडेल, अष्टलक्ष्मी शाक्य, राजेन्द्र प्रसाद पाण्डे, शालिकराम जम्कट्टेल र बहादुर सिंह तामाङ बागमती प्रदेशको मुख्यमन्त्री भइसकेका छन् ।

त्यस्तै, मकवानपुरबाट मुख्यमन्त्री हुनेमा बानियाँ दोस्रो हुन् ।