२१ साउन,काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १ सय ४० रुपैयाँ १९ पैसा र बिक्रीदर १ सय ४० रुपैयाँ ७९ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १ सय ६१ रुपैयाँ ८४ पैसा र बिक्रीदर १ सय ६२ रुपैयाँ ५३ पैसा ,युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ८६ रुपैयाँ १४ पैसा र बिक्रीदर १ सय ८६ रुपैयाँ ९३ पैसा , स्वीस फ्रयाङ्क एकको खरिददर १ सय ७३ रुपैयाँ ०३ पैसा र बिक्रीदर १ सय ७३ रुपैयाँ ७७ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ५५ पैसा र बिक्रीदर ९० रुपैयाँ ९४ पैसा , क्यानेडियन डलर एकको खरिददर १ सय १ रुपैयाँ ५९ पैसा र बिक्रीदर १ सय २ रुपैयाँ ०३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १ सय ८ रुपैयाँ ८० पैसा र बिक्रीदर १ सय ९ रुपैयाँ २७ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ ५० पैसा र बिक्रीदर नौ रुपैयाँ ५४ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ५१ पैसा र बिक्रीदर १९ रुपैयाँ ५९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५२ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३८ रुपैयाँ ६३ पैसा कायम भएको छ ।
केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ३२ पैसा र बिक्रीदर चार रुपैयाँ ३४ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ १७ पैसा र बिक्रीदर ३८ रुपैयाँ ३३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ १६ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३० पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०८ पैसा र बिक्रीदर १० रुपैयाँ १३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ४८ पैसा र बिक्रीदर १४ रुपैयाँ ५४ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ६९ पैसा र बिक्रीदर २१ रुपैयाँ ७८ पैसा तोकिएको छ ।
राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ८६ पैसा र बिक्रीदर १७ रुपैयाँ ९४ पैसा, कुवेती दिनार एकको खरिददर ४ सय ५८ रुपैयाँ ४५ पैसा र बिक्रीदर ४ सय ६० रुपैयाँ ४१ पैसा, बहराइन दिनार एकको खरिददर ३ सय ७१ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३ सय ७३ रुपैयाँ ४३ पैसा, ओमनी रियाल एकको खरिददर ३ सय ६४ रुपैयाँ १२ पैसा र विक्रीदर ३ सय ६५ रुपैयाँ ६७ पैसा रहेको छ ।
भारतीय रुपैयाँ एक सयको खरिददर १ सय ६० रुपैयाँ र बिक्रीदर १ सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।





