राजनीति

आगामी निर्वाचनमा एकल बहुमत ल्याउने माओवादी केन्द्रको दावी

२१ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रले आगामी २०८४ सालमा हुने प्रतिनिधि सभाको निर्वाचनमा एकल बहुमत ल्याउने दावी गरेको छ ।

पार्टीका प्रवक्ता अग्नि सापकोटाले बुधबार संचारकर्मीसँग कुरा गर्दै यस्तो दावी गरेका हुन् । प्रवक्ता सापकोटाले हालै सकिएको स्थायी कमिटी बैठकले पार्टीलाई नयाँ उर्जा दिएको समेत बताएका छन् । पार्टीका जनवर्गीय संगठन र विभिन्न मोर्चाहरू पार्टी निर्माणमा लागेको उनको तर्क थियो ।

प्रवक्ता सापकोटाले यसअघि कहिले नेकपा एमाले र कहिले नेपाली कांग्रेससंग मिल्ने हुँदा माओवादीको ‘छुट्टै अस्तित्व नभएको होकी’ जस्तो देखिंएको बताएका छन् । जनता र शहीद तथा बेपत्ता परिवार माओवादी पार्टीसँग केही टाढा भएका कारण केही कमजोरी भएको उनले स्वीकार गरेका छन् ।