समाचार

हमासको अपहरणमा परेका विपिन जोशीको खोजीमा आमा इजरायल जाँदै

२३ साउन, काठमाडौं । इजरायलले हमासको अपहरणमा परेका कञ्चनपुरका विपिन जाशीकी आमा र बहिनीलाई आफ्नो देशमा लैजाने जनाएको छ ।

इजरायलको किबुजबाट सन् २०२३ अक्टोबर ७ मा हमासले अपहरण गरेका विपिनको रिहाइका लागि अन्तर्राष्ट्रियस्तरमा दवाव बढाउन आमा पद्मा जोशी र बहिनी पुष्पा जाशीलाई लैजाने तयारी गरेको हो । विपिनकी आमा र बहिनीलाई नेपालस्थित इजरायली दूतावासले यहि साउन २६ गते सोमबार इजरायल लैजाने तयारी गरेको विपिनको पारिवारिक स्रोतले जनाएको हो ।

एम्बेसीले उनीहरुका लागि सोमबारको टिकट समेत काटेको स्रोतले जानकारी गराएको छ । इजरायलले विपिनकी आमा र बहिनीलाई संयुक्त राष्ट्रसंघसम्म पुर्‍याउने तयारी समेत गरेको छ ।