२३ साउन, कञ्चनपुर । महाकालीमा पानीको बहाव बढेपछि शारदा ब्यारेजमा ४ पांग्रे सवारीसाधन सञ्चालनमा रोक लगाएको छ ।
महाकालीमा पानीको बहाव १ लाख ३ हजार क्युसेक पुगेपछि शारदा ब्यारेजमा ४ पांग्रे सवारी आवागमनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको हो । कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सागर बोहराले महाकाली नदीमा पानीको बहाव १ लाख क्युसेक पुग्नेबित्तिकै ४ पांग्रे सवारी आवागमनमा रोक लगाएको जानकारी गराएका छन् ।
महाकाली नदीमा पानीको बहाव पनि बढ्दै गइरहेको उनको भनाइ थियो ।





