समाचार

एकीकृत समाजवादीद्वारा पार्टीको केन्द्रीय कमिटीसहित तीनै तहका बैठको आह्वान

२४ साउन, काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टीका ३ तहका बैठकको आह्वान गरेको छ ।

एकीकृत समाजवादीले पार्टीभित्र आन्तरिक विवाद बढिरहेको समयमा स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय कमिटी बैठकको आह्वान गरेको गरेको हो । पार्टी महासचिव घनश्याम भुसालले केन्द्रीय कमिटी बैठक आगामी भदौ ७ गतेका लागि बोलाइएको बताएका छन् । सोही बैठक सुकेधारास्थित मिराकल पार्टी भेनुमा बस्ने भएको उनको भनाइ थियो ।

केन्द्रीय कमिटी बैठक अघि स्थायी कमिटी र पोलिटब्यूरो बैठक बस्ने भएको छ । स्थायी कमिटी भदौ ४ गते र पोलिटब्यूरो बैठक ५ गते पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने उनले बताएका हुन् । सबै बैठक बिहान ११ बजेदेखि शुरु हुने पार्टीले जनाएको छ ।

पतञ्जलि जग्गा प्रकरणमा पछिल्लो समय पार्टी अध्यक्ष माधवकुमार नेपालमाथि भ्रष्ट्राचार मुद्दा दर्ता भएपछि एकीकृत समाजवादीमा समस्या उत्पन्न भएको छ । सोही समस्याको समाधानका लागि पनि तीनै तहको बैठक बोलाइएको बुझिएको छ ।