अन्तर्राष्ट्रिय

राष्ट्रपति ट्रम्प र पुटिनबीचको शिखर भेटवार्ता अघि रूसमाथि थप ‘दवाव’ दिन युरोपेली नेताको आग्रह

२५ साउन, एजेन्सी । युक्रेनमा जारी युद्ध अन्त्यका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको शिखर वार्ताको घोषणापछि युरोपेली नेताहरूले शनिबार राति रुसमाथि थप ‘दबाब’ सिर्जना गर्न आग्रह गरेका छन् ।

३ वर्षदेखि जारी द्वन्द्व समाधानका लागि युक्रेन र युरोपबाट किएभलाई वार्तामा सहभागी गराइनुपर्ने बतएको भएता पनि अमेरिकी राष्ट्रपति ट्रम्प र रूसी राष्ट्रपति पुटिनले युक्रेन लगायत विषयमा वार्ता गर्न यहि साउन ३० गते शुक्रबार अलास्कामा भेटवार्ता गर्ने भएका छन् ।

गत हप्ता शिखर सम्मेलनको घोषणा गर्दै ट्रम्पले दुवै पक्षको भलाइका लागि केही क्षेत्रहरू आदानप्रदान गर्ने बताएका थिए । यद्यपि यस अभिव्यक्तिको बारेमा प्रतिक्रिया दिँदै युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनले शान्ति स्थापनाका लागि रुसलाई जमिन नदिने जानकारी गराएका छन् ।

उनले शनिबार सामाजिक सञ्जालमा मार्फत युक्रेनीहरूले कब्जा गर्नेलाई आफ्नो भूमि दिने सहमति नगर्ने बताएका थिए ।
युक्रेनको अनुपस्थिति विना कुनै पनि निर्णय शान्तिविरोधी निर्णय नहुने उनको भनाइ छ । जेलेन्स्कीले बेलायतका प्रधानमन्त्री केइर स्टार्मरसँगको टेलिफोन वार्ताका क्रममा युक्रेनका मित्रराष्ट्रलाई दिगो शान्ति प्राप्तिका लागि ‘स्पष्ट कदम’ चाल्न आग्रह गरेका छन् ।

युरोपेली नेताहरूले शनिबार र आइतबार राति एक संयुक्त वक्तव्य जारी गर्दै सक्रिय कूटनीति, युक्रेनलाई समर्थन र अवैध युद्ध अन्त्यका लागि रुसी सङ्घमाथि दवाव दिने दृष्टिकोण मात्र सफल हुन सक्ने जनाएका छन् । उनीहरूले ट्रम्पको प्रयासको स्वागत गर्दै युक्रेनलाई समर्थन कायम राखेर र रुसविरुद्ध प्रतिबन्धात्मक कदमहरू लागू गरेर कूटनीतिक रूपमा सहयोग गर्न तयार रहेको बताएका थिए।

इयू आयोगका प्रमुख उर्सुला भोन डेर लेयेन र फ्रान्स, जर्मनी, इटाली, पोल्याण्ड, बेलायत, फिनल्याण्ड नेताहरूद्वारा हस्ताक्षरित जारी विज्ञप्तिमा भनिएको छ । वर्तमान सम्पर्क लाइन वार्ताको प्रारम्भिक बिन्दु हुनुपर्ने समेत उनीहरुले बताएका थिए ।

उनीहरूले प्रस्तावले युक्रेन र युरोपको महत्वपूर्ण सुरक्षा हितको रक्षा गर्नुपर्ने बताएका छन् । उनीहरूले ‘बलियो र विश्वसनीय सुरक्षा ग्यारेन्टीको आवश्यकतामा जोड दिएका हुन् । युक्रेनलाई आफ्नो सार्वभौमिकता र क्षेत्रीय अखण्डताको प्रभावकारी रक्षा गर्न सक्षम बनाउँछ। युक्रेनबिना युक्रेनमा शान्तिको बाटो तय गर्न नसकिंने जारी विज्ञप्तिमा भनिएको छ ।

पुटिन–ट्रम्प शिखर सम्मेलनअघि किएभका सहयोगी राष्ट्रहरु संयुक्त राज्य अमेरिका, युरोपेली संघ र बेलायतका राष्ट्रिय सुरक्षा सल्लाहकारहरु शनिबार बेलायतमा भेला भएका थिए । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले जेलेन्स्की, स्टार्मर, जर्मन चान्सलर फ्रेडरिक मर्जसँगको टेलिफोन वार्तापछि ‘युक्रेनीबिना युक्रेनको भविष्य तय गर्न नसकिने र वार्तामा युरोप पनि सहभागी हुनुपर्ने बताएका छन् ।

शनिबार साँझको सम्बोधनमा जेलेन्स्कीले यो युद्धको इमानदारीपूर्वक अन्त्य हुनैपर्छ र रूसले शुरु गरेको युद्ध अन्त्य गर्ने काम पनि उसकै भएको दावी गरेका थिए ।

सम्मानजनक शान्ति:

रुस र युक्रेनबीच यस वर्ष भएको तीन चरणको वार्ता सफल हुन सकेको छैन । रुसले सन् २०२२ को फेब्रुअरीमा युक्रेनमाथि पूर्ण आक्रमण शुरु गरेयता १० औं हजार मानिसको ज्यान गइसकेको छ । लाखौं मानिस आफ्नो घर छोड्न बाध्य भएका हुन् । २५ वर्षदेखि रुसमा नेतृत्वमा रहनुभएका केजीबीका पूर्व अधिकारी पुटिनले जेलेन्स्कीसँग वार्ता गर्न अस्वीकार गरेका छन् ।

युक्रेनका नेताले त्रिपक्षीय शिखर सम्मेलनका लागि जोड दिंदै आएका छन् । जेलेन्स्की पुटिनबीच भेटवार्ता हुनु नै शान्तिको दिशामा अघि बढ्ने एक मात्र उपाय भएको तर्क गर्दै आएका छन् । सन् १८६७ मा रुसले अमेरिकालाई बेचेको सुदूर उत्तरी क्षेत्र अलास्कामा हुने शिखर सम्मेलन सन् २०२१ को जुनमा जेनेभामा जो बाइडेनले पुटिनलाई भेटेपछि अमेरिका र रुसी राष्ट्रपतिबीच पहिलो शिखर वार्ता हुने भएको छ।

बाइडेनले पुटिनबीस्चको ९ महिनापछि मस्कोले युक्रेनमा सेना पठाएको थियो । जेलेन्स्कीले उक्त स्थानको बारेमा यो युद्धबाट धेरै टाढा भएको र जुन हाम्रो भूमिमा र हाम्रा जनताविरुद्ध चलिरहेको बताएका थिए । क्रेमलिनले यो छनौट ‘तार्किक’ भएको बताएको छ । किनभने आर्कटिकको नजिकको राज्य दुई देशबीचको सीमामा छ । यहिीबाट उनीहरूको ‘आर्थिक स्वार्थ एकआपसमा जोडिएको छ ।

मस्कोले पनि ट्रम्पलाई रुस भ्रमणका लागि निमन्त्रणा दिएको छ । ट्रम्प र पुटिन पछिल्लो पटक सन् २०१९ मा ट्रम्पको पहिलो कार्यकालमा जापानमा भएको जी–२० शिखर सम्मेलनमा सँगै बसेका थिए । गत जनवरीयता उनीहरूबीच धेरै पटक टेलिफोनमा कुराकानी भएको छ ।

तर ट्रम्पले युक्रेनमा शान्ति स्थापनाका लागि मध्यस्थता गर्न असफलसमेत भएको थिए ।