२६ साउन, काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
त्यस्तै, साेमबार दिउँसाे भने देशैभरी साधारणतया माैसममा बदली हुने भएकाे हाे। मधेश प्रदेश र बाँकी तराई भू-भागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। त्यस्तै, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका भू-भागका केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएकाे हाे ।
त्यस्तै, साेमबार राति भने मधेश, कोशी, बागमती, गण्डकी, लुम्बिनी र बाँकी प्रदेशको पहाडी-तराई भू-भागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, मधेश, कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईको भू-भागका केही स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएकाे हाे।





