समाचार

हमासको कब्जामा रहेका विपिन जोशीको खोजीमा आमा र बहिनी इजरायल प्रस्थान

२६ साउन, काठमाडौं । हमासले इजरायलमा आक्रमण गर्दा बेपत्ता भएका कञ्चनपुरका विपिन जोशीकी आमा र बहिनी इजरायल प्रस्थान गरेका छन् ।

हमासले बन्धक बनाएका विपिनको खोजीका लागि सोमबार बिहान आमा पदमा जोशी र बहिनी पुष्पा जोशी इजरायल प्रस्थान गरेका हुन् । लामो समयसम्म पनि विपिन रिहा नभएपछि संयुक्त राष्ट्रसंघ मार्फत पहल गर्न लागिएकोछ । त्यसकै लागि उनीहरु इजरायलमा गएका हुन् ।

इजरायलले नै विपिनको परिवारलाई संयुक्त राष्ट्र संघमा पुर्‍याएर दवाव बढाउने रणनीति बनाएको छ । विपिनकी आमा पदमा र बहिनी पुष्षा इजरायलस्थित नेपाली दूतावासको सम्पर्कमा गएका छन् ।

खोजीका लागि बाँकी काम त्यहींबाट शुरु हुने भएको हो । उनीहरुको टिकटको व्यवस्था पनि दूतावासले नै गरिदिएको छ ।