३ भदौ, काठमाडौँ ।बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदमुक्त भएका छन् । सोमबार साँझ बसेको मन्त्रीपरिषद्को बैठकले उनलाई पदमुक्त गरेको हो ।
पुर्व न्यायधीश कृष्ण गिरिको संयोजकत्वमा छानबिन समिति बनेको र उक्त समितिको प्रतिवेदनमा अध्यक्ष ओझा दोषी देखिएका कारण पदमुक्त भएको बताइएको छ ।
शरद ओझा केही अगाडी देखी नै विवादमा देखिएका थिए । नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाको गृह जिल्लाका भनिएका ओझा देउवाको समर्थनमा अध्यक्षमा नियुक्त भए पनि निलम्बनमा परेका छन् ।





