रोजगारी

बिमा प्राधिकरणको अध्यक्षको लागि ७ दिनभित्र निवेदन दिन अर्थमन्त्रालयको आह्वान

१४ भदौ, काठमाडौँ । नेपाल बिमा प्राधिकरणको अध्यक्षको लागि अर्थ मन्त्रालयले ७ दिनभित्र निवेदन दिन पत्रिकामा सूचना निकालेको छ । 

आजबाट निकालिएको सूचनामा कम्तीमा स्नातकोत्तर अध्ययन लगायतका सीमाहरू तोकिएका छन् । 

निवेदकलाई प्रथम पटक प्रकाशित भएको मितिले सात दिन भित्र कार्यालय समयमा अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन  तथा संस्थान

समन्वय महाशाखा, सिंहदरबार, काठमाडौँमा गोप्य खामवन्दी आवेदन दिन आग्रह गरिएको छ। यसअघि नियुक्त गरिएका शरद ओझा निलम्बनमा परेका थिए । 

https://giwmscdnone.gov.np/media/pdf_upload/Bima%20pradhikaran%204x20_navguwz.pdf