२६ असार, काठमाडौं । गोरखापत्र संस्थानले करार सेवामा विभिन्न पदका लागि आवेदन माग गरेको छ।
संस्थानले प्रकाशित गरेको सूचनाअनुसार पत्रकारिता तथा फोटोग्राफी क्षेत्रका कुल २३ पदमा कर्मचारी भर्ना खुला गरेको हो।
खुला गरिएका पदहरूमा समाचारदाता ९१ जना०, सहायक समाचारदाता – नेपाली ९१३ जना०, सहायक समाचारदाता – अंग्रेजी ९८ जना० तथा सहायक फोटोग्राफर ९१ जना० रहेका छन्।
समाचारदाताका लागि पत्रकारिता वा आमसञ्चार विषयमा स्नातक वा सो सरह तथा सम्बन्धित क्षेत्रमा ५ वर्षको अनुभव आवश्यक छ।
सहायक समाचारदाताका लागि पत्रकारिता वा आमसञ्चार विषयमा एसएलसीरमाध्यमिक शिक्षा वा सो सरहसँग ३ वर्षको समाचार सङ्कलन तथा सम्पादन अनुभव मागिएको छ।
सहायक फोटोग्राफर पदका लागि एसएलसी वा सो सरह उत्तीर्ण गरी फोटोग्राफीसम्बन्धी कम्तीमा ३ महिनाको तालिम प्राप्त गरेको हुनुपर्ने उल्लेख गरिएको छ।
समाचारदाता पदका लागि आवेदन शुल्क रु। १,००० र अन्य पदका लागि रु। ७०० तोकिएको छ। सबै पदका लागि छनोट प्रक्रिया लिखित परीक्षा र अन्तर्वार्ता मार्फत हुनेछ।
इच्छुक उम्मेदवारले आवश्यक कागजातसहित २०८३ असार ३० गते कार्यालय समयभित्र आवेदन दिन सक्ने गोरखापत्र संस्थानले जनाएको छ।






