ब्रेकिङ न्युज

टेलिकम भ्रष्टाचार मुद्दामा उल्टियो अभियोजनको दाबी, सबै आरोपितले पाए सफाइ

२५ असार, काठमाडौं । नेपाल टेलिकमको बिलिङ प्रणालीसम्बन्धी ठेक्का प्रकरणमा विशेष अदालतले भ्रष्टाचार नभएको ठहर गर्दै सबै आरोपितलाई सफाइ दिएको छ।

विशेष अदालतले नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल, तत्कालीन प्रमुख व्यावसायिक अधिकृत संगिता पहाडीलगायतविरुद्ध दायर भ्रष्टाचार मुद्दामा आरोप पुष्टि नभएको भन्दै सफाइ दिएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियामा अनियमितता भएको दाबी गर्दै उनीहरूमाथि भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

तर विशेष अदालतले सुनुवाइपछि ठेक्का प्रक्रियामा भ्रष्टाचार भएको पुष्टि हुने पर्याप्त आधार र प्रमाण नदेखिएको निष्कर्ष निकालेको हो।

अदालतको फैसलासँगै उक्त प्रकरणमा मुछिएका सबै आरोपितले कानुनी राहत पाएका छन्।