राजनीति

माओवादी केन्द्रका अध्यक्ष दाहालसमेत कस–कसको घर भयो तोडफोड र आगजनी ? (नामसहित)

२९ भदौ, काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेताहरू कस कसको घर तोडफोड र आगजनी अनि कति कति क्षति भयो भन्ने कुरा माओवादी केन्द्रले जानकारी दिएको छ । 

आज सामाजिक सञ्जालमा राख्दै केन्द्रले अध्यक्ष पुष्पकमल दहालदेखी रामनारायण बिाडँरीमम्म १९ जनाको नाम सार्वजनिक गरेको छ भने अन्य विवरण सङ्कलन हुँदै गरेको जनाएको छ । 

माओवादी केन्द्रले भनेको छ: 

काँग्रेस र एमालेको गठबन्धन सरकारले चालेका कुशासन र अकर्मण्यताका शृङ्खलाविरुद्ध सबैभन्दा बढी आवाज उठाउँदै आएको र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको पक्षमा संविधानमा नै फरक मत राखेको गणतन्त्र नेपालको प्रमुख संवाहक दल नेकपा (माओवादी केन्द्र) का नेताहरू जेन(जी आन्दोलनका घुसपैठियाहरूको निशानामा परेका छन्।

हालसम्म प्राप्त विवरणअनुसार माओवादी केन्द्रका अधिकांश शीर्ष नेताहरूको निजी सम्पत्तिमाथि तोडफोड, लुटपाट र आगजनी भएको छ।

विवरण हेर्नुस्:

१. अध्यक्ष क. प्रचण्डको खुमलटार स्थित निवास र चितवनको घर, लुटपाट, तोडफोड र आगो लगाएर पूरै ध्वस्त। 

२. वरिष्ठ उपाध्यक्ष क। नारायणकाजी श्रेष्ठको हात्तीवनस्थित निवास लुटपाट गरेर पूरै ध्वस्त। 

३. उपाध्यक्ष अग्निप्रसाद सापकोटाको घर तोडफोड र लुटपाट गरेर पूरै ध्वस्त। 

४. उपाध्यक्ष नन्द किशोर पुनको निवासमा आगजनी, तोडफोड र लुटपाट गरेर क्षतिग्रस्त। 

५. उपाध्यक्ष कृष्णबहादुर महराको दाङस्थित घर, तोडफोड र लुटपाट गरेर भग्नावशेषमा परिणत। 

६. उपाध्यक्ष पम्फा भुसालको निवास तोडफोड र लुटपाट।

७. उपमहासचिव वर्षमान पुनको निवास, तोडफोड र लुटपाट। 

८. उपमहासचिव गिरिराजमणि पोखरेलको निवास तोडफोड र लुटपाट।

९. सचिव चक्रपाणि खनालको घर, आगजनी, तोडफोड र लुटपाट। 

१०. केन्द्रीय सदस्य गङ्गा दाहालको घर आगजनी, तोडफोड र लुटपाट। 

११. केन्द्रीय सदस्य जीवन आचार्यको विराटनगरस्थित घर आगजनी, तोडफोड र लुटपाट। 

१२. केन्द्रीय सदस्य रेणु दाहालको घर आगजनी, तोडफोड र लुटपाट। 

१३. केन्द्रीय सदस्य माधव सापकोटाको घरमा आगजनी। 

१४. केन्द्रीय सदस्य राजन दाहालको घरमा तोडफोड र लुटपाट। 

१५. ⁠केन्द्रीय सदस्य विशाल खड्काको घर र गाडी पूरै ध्वस्त

१६. ⁠केन्द्रीय सदस्य युवराज चौलागाईंको घरमा आगजनी।

१७. ⁠केन्द्रीय सदस्य उमेश यादवको घरमा तोडफोड, लुटपाट।

१८. ⁠ केन्द्रीय सदस्य कमल बुढाथोकीको घरमा लुटपाट।

१९. केन्द्रीय सदस्य रामनारायण बिडारीको घर आगजनी गरेर ध्वस्त

२०. बाँकी थप क्षतिको विवरण सङ्कलन हुँदै ।