तस्विरहरु

देशभरको बर्षाको प्रभाव, सरकारको विपदबाट बचाउने प्रयास (तस्विरहरु)

१८ असोज, काठमाडौँ । आज देशभरका अधिकाँस स्थानमा अबिरल बर्षाका कारण सर्बसाधारण समस्यामा छन् । नेपाल सरकारले यस अवस्थामा आईतबार र सोमबारबिदा दिएको छ । मौषम बिज्ञान विभागले दिएको मौषम प्रतिकुलको सूचना अनुसार सरकारले २० गतेसम्मका लागि लामो दूरीको यात्रामा सकेसम्म सफर नगर्न आग्रह गर्दै सूचना जारी गरेको थियो । यही अनुसार दशैंका कारण अनिवार्य रुपमा यात्रा गर्नुभएका सर्बसाधारण तथा अन्य ब्यक्तीत्वहरुलाई समस्या नपरोस भनेर सरकारका हरे संयन्त्रहरु रातभरसम्म सकृय रहने सरकारले जनाएको छ । नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरीले उद्यार तथा राहतमा सकृयता देखाएको छ।काठमाडौं उपत्यकालगायत बिभिन्न स्थानमा बर्षा र बाढीका कारण भएका समस्यहरु दर्दनाक छन् । उपत्यकाबाट बाहिर जाने सवारी साधन तत्कालका लागि बन्द गरिएको छ । जोखिम युक्त बिभिन्न तस्विरहरु: