१३ कात्तिक, काठमाडौँ । प्रधानमन्त्री शुसीला कार्कीले गृहमन्त्री ओम प्रकाश अर्याललाई कसैले भनेर नहट्ने बताएकी छन् ।
उनको सचिवालयले एक विज्ञप्ति प्रकाशित गर्दै बालेन शाहले गृहमन्त्री ओम प्रकाश अर्याललाई हटाउन दबाब दिएको समाचार असत्य भएको भन्दै कसैले दबाब दिँदैमा निर्बाचन लगायतका लागि अहोरात्र खटिरहनुभएका गृहमन्त्री अर्याललाई हटाउन नसकिने बताइएको छ ।
गृहमन्त्री अर्यालले केपी शर्मा ओली, रमेश लेखक तथा काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारीलाई पक्राउ गर्न नसकेको भन्दै आलोचना भइरहेको अवस्थामा प्रधानमन्त्री सुशीला कार्कीले ओम प्रकाश अर्यालको पक्षमा धारणा आएको हो ।
उनले विज्ञप्ती प्रकाशित भए अनुसार काठमाडौंका मेयर बालेन्द्र शाहले चाहे पनि मन्त्रीपरिषद् परिवर्तन नहुने दृढता लिएको देखिन्छ ।






