राजनीति

बिजुलीको बिल नतिर्नेको लाइन काट्दा कुलमानको विरोधमा उत्रिएका एमाले नेता गौतमको निधन

१३ कात्तिक, बुटवल । बिद्युत् प्राधिकरण अगाडी भाषण गर्दागर्दै बिरामी भएका नेकपा एमाले निकट मजदुर सङ्गठन जनफन्टका उपाध्यक्ष कमल गौतमको निधन भएको छ । 

भैरहवास्थित उद्योगहरूमा बिद्युत् लाइन काट्दा विद्युत् लाइन काटेको विरोधमा उत्रिएका उनी बोल्दाबोल्दै बेहोस भएर ढलेपछि अस्पताल लगिएको र अस्पतालमा उपचारको क्रममा उनको निधन भएको अस्पतालका जनसम्पर्क अधिकृत चन्द्रकान्त बस्यालले जानकारी दिएका छन् । 

कुलमान घिसिंगंको बिरोध गर्दै केन्द्रीय उपाध्यक्ष गौतमलगायतले प्रदर्शन गरेका थिए ।