२० कात्तिक, काठमाडौँ । माओवादी केन्द्र र एकीकृत समाजवादीको एकीकरणले स्थायी निकास नदिने बताएका छन् ।
आज पत्रकार सम्मेलन गर्दै उनले जनताका अगाडी झुकाउनेबाहेक कुनै पनि निकास दिन नसक्ने उनको तर्क छ ।
पार्टी सेयर मार्केट जस्तो भएको भन्दै नेताहरूले पार्टीलाई अराजनीतिकरण गरेको बताए।
एकीकृत समाजवादीका माहासचिवको हैसियतले उनले पत्रकार सम्मेलन गर्दै एकीकृत समाजवादीको केन्द्रीय समिति, पोलिटब्युरो, स्थायी समितिमा नेता बढाएर भए पनि कम्युनिस्ट पार्टीको पुनः गठन गर्नुपर्ने विचार व्यक्त गरे । उनले एसको बहुमत माओवादीमा गएर मिसिए पनि सबै जिल्ला, प्रदेश, जनसम्पर्क समिति, केन्द्रीय समिति, विदेश समिति सबैलाई जो जहाँ भए पनि त्यही रहन अनुरोध गरे ।
उनले मङ्सिरसम्ममा राष्ट्रिय महाधिवेशन गर्नुपर्ने भन्दै मङ्सिरसम्ममा केही सुधार हुनेमा विश्वस्त रहन अनुरोध गरे ।





