राजनीति

गगन थापाको महाधिवेशन प्रस्ताव मात्र पार्टीको आधिकारिक हो : कार्यवाहक सभापति खड्का

१९ कात्तिक, काठमाडौँ । नेपाली काँग्रेसका कावा सभापति पूर्णबहादुर खड्काले सहमहामन्त्री महेन्द्र यादवको प्रस्ताव ब्यक्तीगत भएको बताएका छन् । 

केन्द्रीय समिति बैठकमा महामन्त्री गगन थापासँगै आफ्नो प्रतिवेदन पेस गरेका उनले उक्त यादवले पेस गरेको प्रस्तावलाई व्यक्तिगत रहेको भनेका छन् । 

यही पौषको १६ गतेदेखि १९ गतेसम्म अधिवेशन गर्न राखेको गगन थापाको प्रस्तावको विपक्षमा सहमहामन्त्री यादवले वैशाखको २७ देखी ३० सम्ममा महाधिवेशन गर्ने प्रस्ताव ल्याएका थिए । 

कावा सभापति खड्काले सहमहामन्त्री यादवको प्रस्ताव व्यक्तिगत भएको केन्द्रीय समिति बैठकमा जानकारी गराएका थिए । यसबाट महामन्त्री खड्काले दाबी गर्दै आएअनुसार उनको प्रस्ताव मात्र आधिकारिक रहेको कावा सभापतिले सङ्केत दिएका छन् ।