२७ कात्तिक, काठमाडौँ । काँग्रेस महामन्त्री गगन थापाले काँग्रेसको नियमित महाधिवेशनको समय सकिएकोले विशेष महाधिवेशन हुने बताएका छन् ।
उनले आजको केन्द्रीय समिति बैठकमा बोल्दै मँशिर २७ गते नेपाली काँग्रेसको विशेष महाधिवेशन हुने बताएका हुन् ।
उनले पटक पटक पार्टीका सिनियर नेताहरूले गरेको गलत निर्णयको विरुद्धमा सल्लाह दिँदा पनि आफ्ना कुरा नसुनेको भन्दै नेपाली काँग्रेसको विशेष महाधिवेशन कुनै पनि हालतमा हुने दाबी गरेका हुन् ।
केही दिनदेखी पार्टी केन्द्रीय कार्यालय सानेपामा चलिरहेको केन्द्रीय समितिको बैठकमा बोल्दै महामन्त्री थापाले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरले विशेष महाधिवेशनको लागि माग गरिसकेकाले कसैले रोकेर पनि काँग्रेसको विशेष महाधिवेशन रोक्न नसक्ने बताएका छन् ।
केही अगाडिदेखि नै नेपाली काँग्रेसको विशेष महाधिवेशनको खुलेआम माग गरिरहेका थापाले नियमित महाधिवेशनको विषयमा लचकता देखाएका भए पनि आजको केन्द्रीय समितिको बैठकमा विशेष महाधिवेशनका लागि अब समय आएको र नियमित महाधिवेशनको समय नेताहरूले क्रियाशील सदस्यताको विवाद ल्याएर पछाडि धकेलेका कारण सकिएको बताउँदै विशेष महाधिवेशन हुने दाबी गरे ।
कडा र नरम दुवै रूपमा प्रस्तुत भएका महामन्त्री थापातिर हेरिहरेका सबै पदाधिकारी तथा सदस्यहरूलाई उनले पार्टीले महाधिवेशन नगरे पनि आफूहरू तयार भरसकको सँकेत दिएका छन् ।
नेपाली काँग्रेसको केन्द्रीय समितिका आगामी बैठक अईतबार बस्नेछ दिनको २ बजे सोही कार्यालयमा, त्यसले के निर्णय गर्छ त्यो हेर्न बाँकी भए पनि नेपाली काँग्रेसको १५ औँ महाधिवेशन कुनै पनि हालतमा मङ्सिर २७ गते विशेष महाधिवेशनको रूपमा हुने स्पष्ट रूपमा महामन्त्री थापाले बताइदिएका छन् ।
आफूले बहुमत नभएका कारण विगतमा नेतृत्वले गलत गरे पनि आवाजमात्र उठाएको तर लागू गर्न नसकेको भन्दै अब भने गलत निर्णय नमान्ने सङ्केत दिएका छन् ।
महामन्त्री थापाले मङ्सिर २७ गते कुनै पनि हालतमा विशेष महाधिवेशन हुने र त्यसका लागि तयार रहन स्पष्ट रूपमा भनेका छन्, ‘उनको आशय स्पष्ट छ कि आउँदो केन्द्रीय समितिको बैठकले विशेष महाधिवेशन हुने निर्णय नगरे पनि आफ्नो समूहले विशेष महाधिवेशन गरेर पार्टी नेतृत्व चुन्नेछ ।’
यस संगसंगै नेपाली काँग्रेस थप आन्तरिक सङ्कटमा परेको देखिएको छ। सभापति शेरबहादुर देउवा विदेशमा उपचाररत: भएका बेला नेपाली काँग्रेसको केन्द्रीय समितिमा ठुलो सङ्कट अाई परेको छ। देउवा पक्षले भने विशेष महाधिवेशन गर्ने मोडमा भएका अभिव्यक्तिहरू राखेको देखिएको छैन भने थापा पक्ष कुनै पनि हालतमा महाधिवेशन गर्ने पक्ष्यमा देखिएको छ ।






