४ मंसिर, काठमाडौं । मुख्यसचिव एकनारायण अर्यालसँग जेन–जी आन्दोलनमा भएको दमनबारे जाँचबुझ गर्न गठन भएको आयोगले बयान लिएको छ ।
आयोगका पदाधिकारीहरू बसेरै अर्यालसँग बयान लिएका हुन् ।
मुख्यसचिव अर्यालसँगको सोधपुछ बिहीबार नै सकिएको आयोगले जनाएको छ ।
अवकाशपछि बयानका लागि बोलाउँदा सहुलियत दिएको सन्देश जाने भएपछि आयोगले मुख्यसचिव अर्याललाई पदमै रहेका बेला बोलाएको हो । अर्याल यसैसाता आवकाश हुँदैछन् ।





